प्रहार समाचार । इजरायल १६ साउन २०८१ बुधवार । गाजाको चरमपन्थी समूह हमासका प्रमुख इस्माइल हानिया मारिएका छन् । इजरायलले नेता हानियालाई आज बिहान इरानको राजधानी तेहरानस्थित उनी बसोबास गर्दै आएको घरमै आक्रमण गरेको हो ।

हानियासँगै उनको सुरक्षामा खटिएका अंगरक्षक पनि मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । हमासले समेत एक विज्ञप्ति जारी गर्दै इजरायली आक्रमणमा प्रमुख नेता हानिया मारिएको पुष्टि गरेको छ । हमासले हानियाको मृत्युको बदला लिने समेत प्रतिबद्धता व्यक्त गरेको छ ।




















