हेडलाईनसमाचारगण्डकीघिरिङसूचना प्रविधि

कृषिमा आधुनिकिरण तर्फ घिरिङ गाउँपालिका : किसानलाई हाते ट्याक्टर हस्तान्तरण गरियो

प्रहार समाचार । तनहुँ १६ साउन बुधवार । तनहुँको घिरिङ गाउँपालिकागाउँपालिले परम्परागत कृषि प्रणालीबाट किसानलाई  आधुनिक कृषि प्रणाली तर्क उन्मुख गराउँदै लान थालेको छ।


परम्परागत जिविको पार्जन गर्ने कृषि प्रणालीले कृषकहरुको आम्दानी र जीवनस्तरमा परिवर्तन हुन नसकेपछि कृषकहरुलाई खेतबारी छिटो र कम लागतमा जोत्न खेतबारी जोत्ने हाते ट्याक्टर ५० प्रतिशत अनुदानमा प्रदान गरेको हो। 


पालिकाले आर्थिक वर्ष ०८०/०८१ म बजेट विनियोजन गरी कृषि यन्त्र तथा औजार बितरण कार्यक्रम अन्तर्गत किसानको माग बमोजिम ३२ वटा ट्याक्टर प्रदान गरिएको पालिकाका अध्यक्ष होमबहादुर थापाले बताए । प्रति ट्याक्टरको मुल्य ६१ हजार ५ पाँच रहेकोमा कृषकले ३० हजार ७ सय व्योर्हर्ने गरी प्रदान गरिएको हो । 

पछिल्लो समय गोरु पाल्ने र गोरुले जमिन जोत्ने पराम्परा हट्दै गएकाले यन्त्रिकरणतर्फ प्राथामिकता दिन यसो गरिएको पालिकाले जनाएको छ ।
गाउँपालिकाले सबै बास्तबिक  किसानलाई समान ढङ्गले अनुदान दिने गरेको अध्यक्ष थापाको भनाई छ। यसका अतिरिक्त पालिकाले उत्पादनको आधारमा कृषकलाई प्रोत्साहन गर्न अनुदानको व्यवस्था समेत गरिएको गाउँपालिका कृषि शाखाका प्रमुख रवि रामदामले बताए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button