ध्रुवराज घिमिरे ( संवाददाता ) । तनहुँ १६ साउन २०८१ बुधवार । शुक्ला गण्डकी नगर बिपद् व्ययबस्थापन कार्य दलले शुक्ला गण्डकी नगरपालिका वडा नं ७ , काउरेमा गत आषाढ २२ गते पहिरोमा पुरिएर ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग गरेको छ।

कार्यदलद्वारा आज प्रति परिवार ५० हजार रुपैया का दरले आर्थिक सहयोग गरेको हो । सहयोग हस्तान्तरण कार्यक्रममा नगर प्रमुख कृष्ण राज पन्डित , उप प्रमुख खुम बहादुर बि क राजु , नगर कार्यपालिका सदस्य सारदा ढकाल , वडा नं ७ का अध्यक्ष खड्ग सिह थापा , वडा नं ५ का अध्यक्ष दीर्घ थापा , प्रमुख प्रशाशकिय अधिकृत रामचन्द्र लामगादे सहित वडा न ७ का वडा सदस्यहरु राज बहादुर थापा , गिर बहादुर थापा , कविता बिक लगाएत काउरे टोल नेपाली कांग्रेस क्षेत्र नं २ तनहुँका सचिव सन्तोस घिमिरे, काउरे टोलका अध्यक्ष खिम लाल गिरि लगायतको उपस्थिति रहेको थियो ।

त्यस अवसरमा नगर प्रमुख कृष्ण राज पण्डितद्वारा
पीडित परिवारका सदस्य अनिशा बास्तोलाका पति अर्जुन बास्तोला , श्याम बहादुर भन्डारीका छोरा राजेश भन्डारी र हिरा नेपालीका बुबा दुर्ग बहादुर नेपालीलाई नगद ५० हजारका दरले सहयोग हस्तान्तरण गरे। नगर प्रमुख पण्डितले आपत बिपत र समस्यामा परेका नागरिकहरुलाई सहयोग गरि पिडामा थोरै भएपनि मलम पट्टी लगाउनु सबैको कर्तव्य रहेको बताए ।


























