प्रहार समाचार । भारत १६ साउन २०८१ बुधवार । भारतको केरलामा भारी वर्षासँगै आएको बाढीपहिरो गएको छ। जसका कारण अहिलेसम्म १ सय .३० जनाको ज्यान गएको छ भने २ सय २० जना बेपत्ता छन् ।

सेना, वायुसेना, एसडीआरएफ र एनडीआरएफ उद्धारका लागि खटाइएको छ । केरला सरकारले राज्यमा दुई दिने राजकीय शोकको घोषणा गरेको भारतीय संचारमाध्यमहरुले जनाएका छन्।
राति उद्धार तथा राहत कार्य रोकिएको थियो । अहिले बिहान ७ बजेदेखि फेरि काम शुरू गरिएको छ। मौसम विभागले बुधबार राज्यका ८ जिल्लामा भारी वर्षाको चेतावनी जारी गरेको छ। यहाँका सबै विद्यालय बन्द रहने पहिरो प्रभावित क्षेत्र वायनाडको चुरलमालाका क्षेत्रीय फायर अफिसरलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।
























