प्रहार समाचार । तनहुँ १५ साउन २०८१ मङ्गलवार । तनहुँको सदरमुकाम दमौली स्थित व्यास १ मा रहेको सामुदायिक आदिकदि भानुभक्त क्यामासको प्रमुख प्रशासकिय भवन निर्माणका लागि विश्वविद्यालय अनुदान आयोगले १ करोड आर्थिक अनुदान सहायता उपलब्ध गराउने भएको छ।

आयोगले प्रशासनिक भवन निर्माणका लागि सहमति पत्र आज मङ्गलबारको मितिमा पठाएको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले बताए । क्याम्पसका कर्मचारीहरूले स्थापनाकालदेखि सुविधाजनक प्रशासनिक भवनको अभावमा धेरै सास्ती भोगिरहेकामा अब सुविधा सम्पन्न प्रशासनिक बन्ने भएपछि छुटै उत्साह छाएको पनि क्याम्पास प्रमुख हड्खलेले बताए ।
‘बिहानदेखि बेलुका हुँदै साँझसम्म कैयौं घण्टा असजिलो कार्यकक्षमा बिताउँदाका भोगेका कष्टका लामा कथाहरू रहेका छन्, सहज कार्यकक्ष नहुँदा सेवाग्राही विद्यार्थी र प्राध्यापक अभिभावक र समुदायले पनि कम्ती धेरै समस्या झेलेका छैनन्’ । क्याम्पस प्रमुख हड्खलेले भने ।
‘क्याम्पसका कर्मचारीहरू वर्षौंदेखि एउटा आरामदायी कार्यकक्षको खोजीमा थिए। हामीले प्राथमिकतामा जहिले पनि विद्यार्थी र कक्षाकोठालाई नै राख्यौँ। अभावले नै यस्तो हुन गएको थियो। धेरै कठिनाइहरू मध्ये खुल्ला, हावा र प्रकाश भित्र छिर्ने, कार्यकक्षको नजिकै शौचालय भएको कार्यकक्षा एउटा सपना नै थियो। काम गर्ने फराकिलो कार्यकक्ष नहुँदा कोचिएर बस्नुपर्ने । कार्यालयका फर्निचर र राखन धरानको व्यवस्था मिलाउन नसक्दा सधैं निसासिनुपर्ने ! अब समस्या समाधान हुने भएका छन्। ‘ क्यापास प्रमुख महाप्रसाद हड्खलेले उल्लेख गरेका छन् ।
क्यापासले आयोगले २०८० कात्तिक १३ गते प्रकाशित गरेको लागत अनुमानमा भवनको मागको सूचना प्रकाशित गरेको थियो । सहि बमोजिम क्यापासले रितपूर्वक निवेदन दिएको थियो । यसै अनुरूप आयोगले २९ वटा सामुदायिक रूपमा सञ्चालित क्यामासलाई लागत अनुमानमा सहभागी गराई सहमति दिएको मध्ये तनहुँको आदिकदि भानुभक्त क्यामास पनि छनौंटमा परेको हो।

























