हेडलाईनव्याससमाचारगण्डकी

जेष्ठ नागरिक मिलन केन्द्र  तनहुँद्वारा वृद्धवृद्धाहरुलाई खिर खुवाउने कार्यक्रम सम्पन्न

प्रहार समाचार । तनहुँ १५ साउन २०८१ मङ्गलवार । आज साउन १५ । खिर खाने दिने । यसै दिनको अवसरमा जेष्ठ नागरिक मिलन केन्द्र ब्यास ३, दमौली  तनहुँले वृद्धवृद्धाहरुलाई खिर खुवाउने कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा व्यास नगरपालिकाका कार्यवाहक नगर प्रमुख इन्दिरा दरैले जेष्ठ नागरिकहरू आफ्नै घरपरिवारबाट अपहेलित हुनुपरेको अवस्थाको अन्त्य गर्नुपर्ने उल्लेख गर्दै जेष्ठ नागरिक एक ठाउँमा भेला भएर भजन किर्तन र प्रवचन गर्ने कार्यक्रममा जुट्नु राम्रो काम भएको बताइन्। 

कार्यक्रममा  प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जेष्ठ नागरिकहरू समाजको अग्रज भएको हुनाले उनीहरूको ज्ञान सीप र अनुभवलाई वर्तमान पुस्ताले व्यवहारमा उतार्नुपर्ने बताए । जेष्ठ नागरिक मिलन केन्द्र तनहुँका अध्यक्ष शालिग्राम गिरीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा व्यास अन्नक्षेत्रका  प्रमुख संरक्षक शान्ति स्वरूपानन्द दामोदर बाबा,सामाजिक विकास कार्यालय तनहुँका प्रमुख विक्रम सुवेदी , केन्द्रक संस्थापक अध्यक्ष देवनिधि पन्त, परासर सत्संग भजन किर्तन समितिका अध्यक्ष इन्द्र प्रसाद वाग्ले , सिद्धाश्रम शक्ति केन्द्रका अध्यक्ष प्रियनाथ पौडेललगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा झन्डै २ सय जना वृद्धावृद्धाहरूलाई खिर खुवाइएको सचिव गोविन्द गिरीले जानकारी दिए। त्यस अवसरमा कोषाध्यक्ष हरिश्चन्द्र वाग्लेले आर्थिक वर्ष २०८०/०८१ को आयव्यय विवरण समेत प्रस्तुत गरेका थिए।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button