हेडलाईनसमाचारगण्डकी

अविरल बर्षाका कारण जमीनमा चिरा परेपछि लमजुङको तल्लो चिप्ला गाउँ जोखिममा

• विजय अधिकारी । लमजुङ संवाददाता । १५ साउन २०८१ । लमजुङको मर्श्याङदि गाउँ पालिका वडा नम्बर – ५ , तल्लो चिप्ला गाउँ पहिरोको उच्च जोखिममा परेको छ । यहि १२ गते देखि परेको अविरल बर्षाका कारण बस्तीको सिधा माथि करिब २ सय  मिटरको भिरालो जमिनमा ससाना चिरा पर्ने र केही ठाउँमा पहिरो समेत खसेपछी विपदको भएले गाउँलेहरु त्रसित बनेका हुन् ।

गाउँलेहरुले जमिन चिरा परेको देखे पछि वडा नम्बर ५ का वडा अध्यक्ष घनश्याम घलेलाई खवर गरेका थिए । वडा अध्यक्ष घलेले खबर पाउना साथ मर्श्याङ्दी गाउँ पालिका अध्यक्ष अर्जुन गुरुङ , नेपाल रेडक्रस सोसाइटी लमजुङ शाखा र जिल्ला विपद ब्यबस्थापन समिति लगायतका निकायमा खबर गरेका थिए । खवर पाएपछि पालिका अध्यक्ष अर्जुन गुरुङ , उपाध्यक्ष जुनामाया थापा , सहित रेडक्रस , जिल्ला विपद ब्यबस्थापन समिति र वडा अध्यक्ष घनश्याम घले  सहित वडाका प्रतिनिधिहरुको टोलिले संबंधित ठाउँमा पुगि निरीक्षण गरेका थिए ।


वर्षको केही समय गाउँलेहरुलाइ सुरक्षित स्थानमा राख्नुपर्ने देखिए पछि पालिका अध्यक्ष अर्जुन गुरुङको पहलमा जिल्ला प्रशासन कार्यालय बाट ४ , नेपाल रेड्क्रस सोसाइटी लमजुङ शाखा बाट १० र मर्श्याङदी गाउँ पालिका को तर्फबाट २५ गरि २९ वटा त्रिपालको ब्यवस्था गरि आइतबार बेलुकी देखिनै सुत्ने बस्ने ब्यवस्था मिलाएको वडा अध्यक्ष घलेले बताए । अहिले उनीहरु खाना खायर कोही डाडा गाउँ र कोही स्थानीय विद्यालयमा गएर सुत्ने गरेका छन् ।


अहिले गाउँलेहरुले सम्भावित जोखिम टार्न  चिरा परेको जमिनमा माटो भर्ने र चिरा परेको जमिन वरिपरि पानी नजाने गरि पानी तर्काउने ब्यबस्था गरेका   घलेले  जानकारी दिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button