हेडलाईनसमाचारअन्तर्राष्ट्रिय समाचार

भारतको वायनाडमा भारी वर्षा : ४१ जनाको मृत्यु  ४ सय भन्दा बढी बेपत्ता

प्रहार समाचार । भारत १५ साउन २०८१ मङ्गलवार । भारतको केरलाको वायनाडमा निरन्तर परेको भारी वर्षाका कारण आएको बाढी पहिरोमा परेर ४१ जनाको मृत्यू भएको छ भने ४ सय भन्दा बढि बेपत्ता भएका छन्।

सोमबार राति ४ वटा ठाउँमा पहिरो खसेको छ । यसबाट ४ वटा गाउँ डुबानमा परेका छन् । घर, पुल, सडक र सवारीसाधन पनि बगेका छन् । घाईते  ७० अस्पतालमा उपचाररत छन् भने ४०० भन्दा बढी बेपत्ता भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । घटना गएराति २ बजेको हो । उद्धारका लागि एसडीआरएफ र एनडीआरएफका टोली घटनास्थलमा छन् । कन्नूरबाट २२५ सेनाका जवानहरूलाई वायनाड पठाइएको छ । यसमा मेडिकल टिम पनि सामेल छ । यसका साथै वायुसेनाका दुई हेलिकप्टर पनि उद्धार कार्यमा जुटेका छन् । 

वायनाडका ४ वटा गाउँ मुन्डक्काई, चुरलमाला, अट्टामाला र नूलपुझामा पहिरो गएको छ । पाँच वर्षअघि २०१९ मा सोही गाउँमा पहिरोमा परेर १७ जनाको ज्यान गएको थियो । ५ जना अहिलेसम्म फेला परेका छैनन् । ५२ घर ध्वस्त भएका भारतीय संचार माध्यमहरुले जनाएका छन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button