प्रहार समाचार । काठमाडौँ १५ साउन २०८१ मङ्गलवार । सरकारले विभिन्न १८ देशमा राजदूतहरु नियुक्ति गरेको छ। पूर्व उपसभामुख शिवमाया तुम्बाहाङ्फे दक्षिण कोरियाको राजदूतमा नियुक्ति हुने भएकी छन् ।

हिंजो बसेको मन्त्रिपरिषद बैठकले लागि गरेको सिफारिसमा तुम्बाहाङ्फे सहित अन्यलाई विभिन्न देशको राजदूतका लागि सिफारिस गरेको हो ।
कृष्णप्रसाद ओली चीनका लागि नेपाली राजदूतमा सिफारिस भएका छन् । त्यस्तै अमेरिकाको राजदूतमा लोकदर्शन रेग्मी, बेलायतमा चन्द्र घिमिरे र मलेसियामा डा. नेत्र तिमल्सिना सिफारिस भएका छन् ।
























