हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

देशभरमा ९२.४ प्रतिशत रोपाईं सम्पन्न

प्रहार समाचार । काठमाडौँ १५ साउन २०८१ । आज १५ साउन सम्ममा देशभरमा  ९२.४ प्रतिशत रोपाईं सम्पन्न भएको छ । यो तत्थ्याङ्क हिजो १४ साउन सम्मको हो ।

देश भरको १३ लाख ९८ हजार २७३ हेक्टर क्षेत्रफलमध्ये १२ लाख ९२ हजार २२१ हेक्टर क्षेत्रफलमा रोपाई भइसकेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।


त्यसमध्ये सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ९९ दशमलव ६ प्रतिशत  रोपाई सम्पन्न भएको छ । गत वर्ष सुदूरपश्चिममा यतिबेला त्यहाँ ९९.२ प्रतिशत रोपाईं भएको थियो ।

सबभन्दा कम रोपाईं कोशी प्रदेशमा भएको छ ।  मन्त्रालयको तथ्याङ्कअनुसार त्यहाँ २ लाख ७६ हजार ३८६ हेक्टर क्षेत्रफलमध्ये २ लाख ५० हजार ६२४ हेक्टर अर्थात ९०.७ प्रतिशत रोपाईं भएको छ । गत वर्ष यतिबेला त्यहाँ ८३.६ प्रतिशत रोपाईं भएको थियो ।

सबभन्दा ढिलो रोपाईं हुने मधेस प्रदेशमा यसपटक अन्य प्रदेशकै हाराहारीमा रोपाईं भएको छ । त्यहाँ ३ लाख ८३ हजार १५० हेक्टरमध्ये ३ लाख ५२ हजार ४४३ हेक्टर अर्थात ९२ प्रतिशत रोपाईं सम्पन्न भइसकेको छ, जब गत वर्ष यतिबेला त्यहाँ ५८.८ प्रतिशत रोपाईं मात्र भएको थियो ।


त्यस्तै बागमती प्रदेशमा एक लाख १२ हजार २७३ हेक्टर क्षेत्रफलमध्ये ९०।८ प्रतिशतमा रोपाईं सकिएको छ । गण्डकी प्रदेशको ९६ हजार ५३ हेक्टर क्षेत्रफलको ९१.९ प्रतिशतमा रोपाईं सकिसकेको छ ।

लुम्बिनी प्रदेशमा तीन लाख ११ हजार ६४३ हेक्टरमा त्यहाँ रोपाईँ हुन्छ । त्यसमध्ये ९१.३ प्रतिशतमा रोपाईं सम्पन्न भइसकेको छ । कर्णाली प्रदेशको ४१ हजार ९०४ हेक्टर जमिनमध्ये ९६.९ प्रतिशतमा रोपाईं सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button