प्रहार समाचार । काठमाडौँ १० साउन २०८१ बिहिबार । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेर मृत्यु भएका १८ जनाको शोकमा आज देश भर राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ ।

जहाज दुर्घटना भएपछि बुधबार साँझ बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले शोक मनाउन आज राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको थियो ।
यससँगै बैठकले जहाज दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय छानबिन समिति पनि गठन गरेको थियो । नागरिक उड्ययन प्राधिकरणका पूर्वडीजी रतिशचन्द्रलाल सुमनको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको हो ।
























