प्रहार समाचार । काठमाडौँ ९ साउन २०८१ बुधबार । आज विहान ११: १५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको दुर्घटनामा १८ जनाको ज्यान गएको छ । विमानका पाइलटको घाइते अवस्थामा उद्धार गरिएको छ र उनको उपचार भइरहेको छ । विमानमा जम्मा १९ जना सवार थिए ।

नेपालमा १० बर्षको अवधि लाई मात्र हेर्नै हो भने हवाई दुर्घटनाको कहालीलाग्दो चित्र रहेको छ। १० वर्षमा विभिन्न स्थानमा गरी नौ वटा हवाई दुर्घटनामा परि २ सय ११ जनाको मृत्यु भएको छ ।
सौर्य एयरलाइन्स कम्पनीको विमान बिहान काठमाडौंबाट पोखराका लागि उडेको लगत्तै त्रिभुवन विमानस्थलमा दुर्घटना भएको हो ।
जनवरी २०२३ मा यति एयरलाइन्सको विमान पोखरा विमानस्थलमा दुर्घटना भएको थियो । यो दुर्घटनामा विमानमा सवार सबै ७२ जनाको मृत्यु भएको थियो । यस्तै मे २०२२ मा पोखराबाट जोमसोम जाँदै गरेको विमान दुर्घटना भएको थियो । यो दुर्घटनामा २२ जनाको मृत्यु भएको थियो ।
अप्रिल २०१९ मा लुक्ला एयरपोर्ट नजिकै एउटा विमान दुईवटा हेलिकप्टरसँग ठोक्किएको थियो । यो दुर्घटनामा तीन जनाको मृत्यु भएको थियो । फेब्रुअरी २०१९ मा ताप्लेजुङ नजिकै भएको हेलिकोप्टर दुर्घटनामा सात जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी पनि थिए ।
सेप्टेम्बर २०१८ मा गोरखाबाट काठमाडौं आउँदै गरेको हेलिकप्टर दुर्घटनामा जापानी नागरिकसहित पाँच जनाको मृत्यु भएको थियो । मार्च २०१८ मा बंगलादेशबाट नेपाल आउँदै गरेको विमान त्रिभुवन विमानस्थलमा दुर्घटना हुँदा ५१ जनाको मृत्यु भएको थियो ।
फेब्रुअरी २०१६ मा पोखराबाट जोमसोमका लागि उडेको विमान दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको थियो । मे २०१५ मा भूकम्प प्रभावित क्षेत्रमा काम गरिरहेको अमेरिकी हेलिकप्टर चरिकोट नजिक दुर्घटना हुँदा ६ अमेरिकी सैनिक, दुई नेपाली अधिकारी र पाँच सर्वसाधारणको मृत्यु भएको थियो ।
























