विजय अधिकारी / प्रहार संवाददाता । तनहुँ ९ साउन २०८१ बुधबार । तनहुँको भानु नगरपालिकाले बलविकास देखि कक्षा ६ सम्मका विद्यार्थीकलाई दिवाखाजा खुवाउनको लागि साप्ताहिक मेनु स्वीकृत गरेको छ ।

कक्षा ५ सम्मका विद्यार्थीहरुलाई नेपाल सरकारले दिवाखाजा स्वरुप प्रति विद्यार्थी १५ का दरले रकम उपलब्ध गराउदै आएकोमा नगरपालिकाको आन्तरिक श्रोतबाट ५ रुपैया थप गरि २० र कक्षा ६ लाई पनि २० बराबरको दिवाखाजा खुवाउनको लागि साप्ताहिक मेनु स्वीकृत गरेको हो।

भानु नगरपालिका स्तरीय दिवाखाजा कार्यक्रम स्थानीय समितिका अध्यक्ष एवं भानु नगरपालिकाका उपप्रमुख उमा गोतामेको अध्यक्षतामा मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको भानु नगरपालिकाका मेयर आनन्दराज त्रिपाठिले बताए ।
नेपाल सरकारले सामुदायिक विद्यालयमा विद्यार्थीको भार्नादर वृद्धि , विद्यार्थीको निरन्तरता बढोत्तरि , बालबालिकाको पोषण अबस्थामा सुधार र शैक्षिक गुणस्तर अभिबृद्दीका लागि सञ्चालन गरेको राष्ट्रिय प्राथमिकता प्राप्त यस कार्यक्रमलाई दिवाखाजाको दर १५ रुपैयामा आन्तरिक श्रोत बाट ५ रुपैया थप गरि २० रुपैया बराबरको खाजा खुवाउने र यस दिवाखाजा कार्यक्रमलाई कक्षा ६ सम्म विस्तार गर्ने बालमैन्त्री निर्णय गरेको हो ।
परिवर्तित सन्दर्भमा आजभन्दा ३ वर्ष अघि निर्माण गरिएको साप्ताहिक मेनुलाई परिमार्जन गरि अन्तिम रुप दिइएको नगर प्रमुख त्रिपाठिले बताए ।
बैठकमा भानु नगर स्तरीय दिवाखाजा कार्यक्रम स्थानीय समिति, भानु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेल , नगर शिक्षा अधिकारी ध्रुवराज पौडेल , सामाजिक विकास समितिका संयोजक हरिहर उप्रेती , समितिका सदस्यहरु भानु नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष कान्छीमाया तामाङ , भानु सस्कृत मा.वि. का विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामकुमार श्रेष्ठ , शिक्षक द्धवय बिष्णु नेपाली , नारायणबहादुर बसेल , कृषि / स्वास्थ्य र पशुसेवा शाखाका शाखा प्रमुखहरु , शिक्षा अधिकृत सरस्वती गुरुङ ढकालको उपस्थिति रहेको थियो ।
दिबाखाजा कार्यक्रमको साप्ताहिक मेनु अनुसार प्रभावकारी कार्यान्वयन भए नभएको सम्बन्धमा समितिले विद्यालयको स्थलगत अनुगमन तथा सुपरिवेक्षण गरि आवश्यक पृष्ठपोषण समेत दिने निर्णय समेत गरेको छ ।
























