प्रहार समाचार । काठमाडौँ ९ साउन २०८१ बुधबार । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान ११ः१५ बजे भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटना मृत्यू भएका १८ जनाको पहिचान खुलेको छ। दुर्घटनामा संयोग बस पाइलट भने बाँच्न सफल भएका छन्।

काठमाडौंबाट पोखरा उडेको जहाज उड्ने बित्तिकै दुर्घटनामा परेको थियो । मृत्यु भएकामध्ये १७ जना नेपाली हुन् भने एक जना यमनका नागरिक रहेका छन् ।
दुर्घटनामा जहाजका को-पाइलट एस कटुवाल ,अमितमान महर्जन, सागर आचार्य, दिलीप बर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीपलाल जोशी, सर्वेस मरासैनी, श्याम विन्दुकार, नवराज आले, राजाराम आचार्य, अधिराज शर्मा, प्रिजा खतिवडा, उद्धव पुरी, यज्ञप्रसाद पौडल, सन्तोष महतो, पुण्यरत्न शाही र अरेफ रेडाको मृत्यु भएको प्रहरीले जनाएको छ। रेडा यमनी नागरिक हुन्।
दुर्घटनामा ३७ वर्षीय पाइलट क्याप्टेन मनीष शाक्यलाई उद्धारगरी प्रहरीले केएमसी अस्पताल पुर्याएको छ । उनको अनुहारमा चोट लागेको छ। उनी बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ। जहाजमा सौर्य एयरलाइन्सकै कर्मचारीहरू बढि रहेका थिए।
जहाज रनवे ०२ तर्फबाट उडेको र पूर्वतर्फ रनवे २० नजिकै दुर्घटनामा परेको थियो । दुर्घटनामा परेर मृत्यु भएकाहरूको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ। पोस्टमर्टम गरेपछि शव परिवार तथा आफन्तको जिम्मा लगाउने तयारी छ।
जहाज दुर्घटना स्थल निरीक्षण गर्न प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, नागरिक उड्डयन मन्त्री बद्री पाण्डेलगायत पुगेका थिए।
नामावली यस प्रकारको छ:

























