प्रहार समाचार । काठमाडौँ ९ साउन २०८१ बुधबार । सौर्य एयरलाइन्सको ९ एन एएमई विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परिसरभित्रै दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा १८ जनाको मृत्यू भएको छ भने एकजनाको उपचार भईरहेको छ। दुर्घटनामा जिबितै उद्धार गरिएका भाग्यमानी क्याप्टेन ३७ वर्षीय मनीष शाक्य रहेका छन् ।

चालक दलका सदस्य र एयरलाइन्सका प्राविधिक कर्मचारीसहित १९ जना बोकेर पोखराका लागि उडेको विमान बुधबार बिहान ११ बजेर ११ मिनेट जाँदा दुर्घटनामा परेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रका अनुसार विमान उड्नेबित्तिकै दुर्घटनामा परेको थियो ।

पोखरा उडानको क्रममा उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटनाग्रस्त हुन पुगेको,’ केन्द्रको विज्ञप्तिमा भनिएको छ ।
यस्तो छ विज्ञप्ति:

तत्कालै उद्धार कार्य शुरू गरी आगो नियन्त्रणमा लिइए पनि १८ जनाको शव संकलन गरिएको तथा एक घाइतेलाई उद्धार गरी अस्पताल पुर्याइएको विज्ञप्तिमा उल्लेख छ । विमानमा सवार १९ मध्ये १८ जना नेपाली नागरिक भएको पुष्ट भएको छ।ह
























