हेडलाईनव्याससमाचारगण्डकी

स्रोत नखुलेको १२ लाख नगदसहित तनहुँको दमौलीबाट दुईजना  पक्राउ

प्रहार समाचार । तनहुँ १० साउन २०८१ बिहिबार । तनहुँको सदरमुकाम दमौलीबाट प्रहरीले स्रोत नखुलेको १२ लाख रुपैयाँ नगदसहित दुईजनालाई बुधबार पक्राउ गरेको  छ । व्यास नगरपालिका–३ दुर्गामन्दिर नजिकबाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा  रोल्पाको माडी गाउँपालिका–५ पासाबाङ घर भई हाल काठमाडौँ चन्द्रागिरि नगरपालिका–१० बस्ने २० वर्षीय लक्ष्मण केसी र २५ वर्षीय सुशान केसी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

उनिहरु दुबैजना काठमाडौंबाट मोटरसाइकलमा पोखरातर्फ गइरहेका थिए । शङ्का लागेर चेक जाँच गर्दा उनिहरुको साथबाट श्रोत नखुलेको उक्त नगद बरामद भएको हो ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button