प्रहार समाचार । काठमाडौँ, जेठ, २७ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत प्रस्थान गरेका छन् ।प्रधानमन्त्री प्रचण्ड केहीबेरअघि भारत प्रस्थान गरेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेका छन् ।

प्रधानमन्त्री प्रचण्ड समकक्षी नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन आइतबार भारत प्रस्थान गरेसँगै राष्ट्रपतिले महासेठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेका हुन् । राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम राष्ट्रपतिले प्रधानमन्त्रीकै सिफारिसमा महासेठलाई तोकेका हुन् ।
राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम राष्ट्रपतिले प्रधानमन्त्रीकै सिफारिसमा महासेठलाई तोकेका हुन् ।प्रधानमन्त्री प्रचण्डको साथमा उनका छोरी गंगा दाहाल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी तथा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू सहभागी रहेको बताइएको छ ।
आइतबार भारत प्रस्थान गरेका प्रधानमन्त्री प्रचण्ड सोमबार स्वदेश फिर्ता हुने कार्यक्रम छ ।
























