आँबुखैरेनीहेडलाईनसमाचारगण्डकीसूचना प्रविधि

पृथ्वीराजमार्ग मुग्लिन–आँबुखैरेनी खण्डको अबरोध हट्यो 

प्रहार समाचार । तनहुँ, जेठ२७ ।  अबरुद्ध भएको तीन घण्टा पछि पृथ्वी राजमार्गको मुग्लिन–आँबुखैरेनी खण्ड सूचारु भएको छ ।

आँबुखैरेनी गाउँपालिका–४ साँखर ड्याम नजिक पहिरो गएकोले मर्मत गर्ने क्रममा बन्द गरिएको राजमार्ग दिउँसो एक बजेबाट सूचारु गरिएको हो । बिहान १० बजेदेखि दिउँसो १ बजे सम्मको लागि बन्द गरिएको सडक डिभिजन कार्यालय दमौलीका प्रमुख सिनियर डिभिजन इन्जिनियर पशुपति ज्ञवालीले जानकारी दिए।  साँघुरो सडक भएको र जुनसुकै बेला पनि पहिरो खस्ने जोखिम भएकोले बन्द गरी मर्मत गर्नु परेको इन्जिनियर ज्ञवालीले जानकारी दिए ।


यातायात सूचारु भएपछि यात्रुहरु आ–आफ्नो गन्तव्यमा लागेका छन् । सो ठाउँमा पहिरो नियन्त्रणको कार्य भइरहेको र हिल साइडमा चर्किएर बसेको चट्टानहरू ट्रिमिङ गर्नुपर्ने भएकाले सडक बन्द गर्नु परेको कार्यालयका इन्जिनियर कल्पना मिश्रले जानकारी दिए ।  विसं २०७९ जेठ २७ गते वर्षाका कारण उक्त ठाउँमा सडक भासिएको थियो । हाल भासिएको सडक मर्मतका लागि काम भइरहेको छ । निर्माण व्यवसायी जिएस इन्जिनियरिङ प्रालि भरतपुरले सडक मर्मतको काम गरिरहेको छ । मस्र्याङ्दी नदीदेखि नै पहिरो नियन्त्रणको काम भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ  ।


कार्यालयका अनुसार विसं २०७९ जेठ २७ गते वर्षाले उक्त ठाउँमा सडक भासिए पछि सडक मर्मत  भइरहेको छ । एक साता अघि हावाहुरी सहित आएको पानीले सो क्षेत्रमा थप पहिरो गएकोले यातयात बन्द गरि मर्मत गर्नु परेको ज्ञवालीले बताए ।ब निर्माण व्यवसायी जिएस इन्जिनियरिङ प्रालि भरतपुरले सडक मर्मतको काम गरिरहेको छ । मस्र्याङ्दी नदीदेखि नै पहिरो नियन्त्रणको काम भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button