प्रहार समाचार । तनहुँ, जेठ २७ । तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्ड अन्तरगत रहेको पृथ्वीराजमार्ग चार घण्टा पूर्ण रूपमा बन्द हुने भएको छ ।

आँबुखैरेनी–४ स्थित डयाम नजिक पहिरो नियन्त्रणको काम भइरहेकाले बिहान १० देखि दिउँसो १ बजेसम्म सडक बन्द हुने जिल्ला सडक डिभिजन कार्यालयका प्रमुख पशुपति ज्ञावलीले बताए ।
हिलसाइडमा चर्किएका ढुङ्गा ‘ट्रिममिङ’ गर्नुपर्ने भएकाले बाटो बन्द गरिने भएको हो।
पृथ्वीराजमार्गमा गुड्ने सवारीसाधन व्यवस्थापनमा सहजीकरण गरिदिन जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई उक्त कार्यालयले अनुरोध पनि गरेको प्रमुख ज्ञावलीले प्रहार समाचारलाई बताए ।
























