आँबुखैरेनीहेडलाईनव्याससमाचारगण्डकी

स्वास्थ्यकर जीवनशैली तथा खानपानमा सचेत हुँदै तनहुँका गृहणीहरू

प्रहार समाचार । तनहुँ, जेठ २७ । तनहुँका गृहणीहरू स्वास्थ्यकर जीवनशैली तथा खानपानमा सचेत हुन थालेका छन्। उनीहरूले आफ्नो घर वरपर करेसाबारीमा उत्पादन गरेका ताजा विषादी रहित साग सब्जीहरूको प्रयोग गर्दै घरमै पाकेको खाना /खाजा खाने खुवाउने अभियानमा जुटेका छन् ।


जिल्ला आर्युवेद स्वास्थ्य केन्द्र तनहुँ दमौलीले स्वास्थ्यकर जीवनशैली प्रवर्धनमा गृहणीहरूका लागि भान्सा सुधार कार्यक्रम मार्फत गृहणीहरूलाई सचेत तुलाए पछि उनिहरु यसरी आकर्षीत भएका हुन्।
तनहुँका तीन स्थानमा उक्त कार्यक्रम सञ्चालन गर्ने उद्देश्यका साथ आँबु खैरेनी गाउँपालिका वडा नम्बर ३ र व्यास नगरपालिकाको वडा नम्बर ३ मा रहेका आमा समूह लक्षित गरी उक्त कार्यक्रम सञ्चालन गरेको छ।त्यसैको परिणाम स्वरूप अहिले गृहणीहरू स्वास्थ्यकर जीवनशैली तथा खानपानमा सचेत भएका हुन्। सिर्जना टोल विकास संस्था व्यास- ३ की अध्यक्ष सिर्जना राना स्वास्थ्य हुनका लागि असल खानपान असल व्यवहार र असल विचार तथा घरमा नै पाकेको खाना खानुपर्ने बताउँछिन् ।


सिर्जना टोलामा समूहका अध्यक्ष सरिता श्रेष्ठ खानपिनकै कारणले नसर्ने रोग लगायत अन्य कुपोषणजन्य रोग लाग्न नदिन पनि स्वास्थ्यकर खानपिन हुनुपर्ने बताउँछिन्।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँका प्रमुख एवं आयुर्वेदिक चिकित्सक डाक्टर नारायण श्रेष्ठ स्वास्थ्य खानपानका लागि घरमा नै पाकेको खाना खाने बानी तथा स्वास्थ्यकर खानपान गर्ने बानीको विकास हुनुपर्नेमा जोड दिन्छन्। डाक्टर श्रेष्ठ भन्छन्  “आफ्नो घर वरपरका करेसाबारीमा उत्पादन गरेका ताजा विषादी रहित साग सब्जीको प्रयोग गर्नुपर्छ।”
केन्द्रका वरिष्ठ कविराज निरीक्षक शम्भु चापागाईं विषादी रहित साग सब्जीको उत्पादन गर्ने तथा स्थानीय स्तरमा उपलब्ध खाद्यान्न लगायतका वस्तुको उपभोगमा वृद्धि गरी स्वास्थ्यकर खानपानमा गृहणीहरूको व्यवहारमा परिवर्तन ल्याउन जरुरी रहेको बताउँछन्।

बैद्य निरिक्षक सोमकान्त पौडेल स्वस्थकर खानपान एवं स्वस्थ जीवनशैलीको लागि गृहिणीहरुको व्यवहारमा परिवर्तन जरूरी रहेकोमा जोड दिन्छन्।


आँबुखैरेनी -३  कि सन्तु माया आले बजारको सस्तो लोकप्रियताका लागि हेर्दा राम्रो लाग्ने बजारमा बनेका तयारी खाजा भन्दा घरमा नै बनाएर खाएको खाना र खाजा सयौं गुणा स्वास्थ्यकर हुने बताउँछिन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button