प्रहार समाचार । तनहु, जेठ २७ । प्रहरीले झण्डै दुई किलो लागु पद्धार्थ गाँजा सहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।

आँबुखैरेनी गाउँपालिका–४ बेनिटार स्थित पृथ्वीराजमार्ग खण्डमा सवारी साधनहरु चेकजाँचको क्रममा पक्राउ गरिएको हो ।
मुग्लिङबाट आँबुखैरेनी जाँदै गरेको बा ४ ख ५७३९ नं. को बसलाई रोकी चेकजाँच गर्दा धादिङ गल्छी गाउँपालिका–४ बस्ने बर्ष ४६ को मुकुन्द खड्कालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख अपीलराज बोहोराले जानकारी दिए ।
खड्काले झोला भित्र लुकाई छिपाई राखेको अवस्थामा एक किलो ८०० ग्राम लागु औषध गाँजा फेला परेको थियो। खड्कालाई तनहुँ अदालतबाट आईतबार म्याद थप गरी थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ। ब
























