प्रहार समाचार ।काठमाडौं , जेठ, २६ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले भेटवार्ता गरेका छन् ।

राष्ट्रपति भवन शितल निवासमा शनिबार भएको सो भेटमा प्रधानमन्त्री दाहालले आफ्नो आसन्न भारत भ्रमणबारे जानकारी गराएका राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
राष्ट्रपति पौडेलसङ्गको भेटमा अन्य समसामयिक विषयमा पनि कुरा भएको जनाइएको छ ।
























