हेडलाईनसमाचारप्रदेश

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत जाँदै

प्रहार समाचार । काठमाडौँ, जेठ २७ ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत जाँदै छन्।भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड आज भारतको नयाँ दिल्ली जान लागेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको हो।

मोदीले प्रधानमन्त्रीको रूपमा लिन लागेको शपथग्रहण समारोहमा सहभागी हुन प्रचण्डले भारतको औपचारिक भ्रमण गर्न लागेका मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डको साथमा उनका छोरी गंगा दाहाल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी तथा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू सहभागी रहने बताइएको छ । प्रधानमन्त्री प्रचण्ड १० जुनमा नेपाल फर्किने कार्यक्रम रहेको बताइएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button