•ध्रुव राज घिमिरे / संवाददाता, जेठ २६ । तनहुँको शुक्ला गण्डकी नगरपालिका – ४ शिवालय मन्दिर परिसरमा कर्म काण्ड सम्बन्धि १५ दिने तालिम शनिवारबाट सुरु भएको छ।

कार्यक्रमको वडानं ४ का वडा अध्यक्ष राज कुमार वाग्लेले उद्घाटन गर्दै धर्म , संस्कार, संस्कृती , रितिरिवाज र परम्पराहरु राष्ट्रको गहना भएकाले यसको संरक्षणमा लाग्नुपर्ने बताए ।
तालिममा विधिपूर्वक दैनिक पुजा आजा गर्ने विधि , पात्रो हेर्न, हिन्दु धर्म मान्ने सबै समुदायलाई समेटेर कर्म काण्ड सम्बन्धी काम गर्न चाहाना भएकालाई कर्म काण्ड सम्बन्धि विधि सिकाउने उद्देश्यले तालिम आयोजना गरिएको विश्व हिन्दु महासंघ शुक्ला गण्डकी नगरका अध्यक्ष नारायण घिमिरेले बताए ।
कार्यक्रममा गुरु दिब्य रमण अर्याल , नारायण घिमिरे र पण्डित ऋषि राम पौडेलद्वारा प्रशिक्षण प्रदान गरिने भएको छ। कार्यक्रममा बिजया पौडेल , दिब्य रमण अर्याल र ऋषि राम पौडेल लगायतले धर्म,सस्कृती जोगाउन सबैले आ आफ्नो ठाउँबाट योग दान गर्नु पर्ने बताएका थिए। तालिममा ५० जनाको सहभागीता रहने कार्यक्रम संञ्चालक पद्म राज बरालले बताए ।


























