हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

अहिले बिहानै देखि देशभर मौसम बदली : धेरै स्थानहरुमा हावाहुरी सहित वर्षाको सम्भावना

प्रहार समाचार । काठमाडौँ, जेठ २० ।अहिले विहानै देखि देशभर मौसम बदली रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

आज आइतबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी तथा लुम्बिनी प्रदेशका एक–दुइ स्थानहरुमा हावाहुरीको पनि सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। 


राति कोशी, मधेश र बाग्मती प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, मधेश र बागमती प्रदेशको थोरै स्थानहरुमा तथा  बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तरप्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव कायमै रहेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button