प्रहार समाचार । तनहुँ, जेठ २० । तनहुँको व्यास नगरपालिका वडा नं १ भादगाउँमा रहेको आदिकवि भानुभक्त क्याम्पसमा रेडक्रस सर्कल द्वारा दुई दिने आवसीय ३९ औ तनहँ जुनियर युुवा तथा शिक्षक नायक गोष्ठि सम्पन्न भएको छ।

यस अघि कयिक्रमको उद्घाटन गर्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले आपत विपत र समस्यामा रेडक्रस खरो रूपमा सेवामा जुट्नु पर्ने बताए । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी तनहुुँ अध्यक्ष प्रा.डा. कृष्ण प्रसाद गातैम, गण्डकी प्रदेश महासचिव रामदत्त पौडेल, क्याम्पस संचालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठ, नेरेसो तनहुँ मन्त्री सूर्यचन्द हड्खले, क्याम्पस प्रमुख महाप्रसाद हड्खल, जिल्ला जुनियर तथा युवा संयोजक विमल गिरी, चण्डीदेवी रा मा वि का प्र.अ. राम चन्द्र पोख्ररेल , स्ववियुु सचिव अनुप अले, युुवा रेडक्रस सर्कल उपाध्यक्ष पुष्प पण्डित ,सचिव मौसमी थापाले लगायतले आफ्नो शुभकामना मन्तव्य राखेका थिए।
कार्यक्रमा नेपाल रेडक्रस सोसाईटी तनहुुँ जिल्ला शाखाका पदाधिकारी एवं सदस्यहरु, क्याम्पस संचालक समितिका सदस्यहरु सहायक क्याम्पस प्रमुुखहरु, प्रध्यापक तथा कर्मचारीहरु, विद्यालयका प्र.अ.हरु, स्ववियुु एवं विल्द्यार्थी एवं क्लबको प्रतिनिधि, युुवा जुनियर रेडक्रस सर्कलका ७२ विद्यालयका २ सय १६ जना विभिन्न विद्यालयहरुका छात्र, छात्रा एव शिक्षक नायकहरुको उपस्थिती रहेको थियो । कार्यक्रम युुवा रेडक्रस सर्कल आ.भा.क्याका अध्यक्ष सुमन खड्काको सभापतित्वमा सम्पन्न भएको थियो ।


























