हेडलाईनसमाचारप्रदेश

नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष न्यौपाने दोषी  :  १२ करोड ४४ लाख  गैरकानूनी रुपमा आर्जन गरेको ठहर

प्रहार समाचार । काठमाडौ, चैत २५। विशेष अदालतले नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलेलाई सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहर गरेको छ।

अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य न्यायाधीश रामबहादुर थापाको इजलासले आइतवार न्यौपानेलाई दोषी ठहर गरेको हो । उनलाई सजाय निर्धारणका लागि आगामी वैशाख १६ गते पेशी तोकिएको छ । न्यौपानेले  १२ करोड ४४ लाख रुपैयाँ गैरकानूनी रुपमा आर्जन गरेको अदालतले ठहर गरेको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले न्यौपानेसहित कलेजका तत्कालीन सञ्चालकविरुद्ध गैरकानूनी रुपमा सम्पति आर्जन गरेको आरोपमा मुद्दा दायर गरेको थियो । न्यौपाने बाहेक अन्यले सफाइ पाएका छन । उनले कलेजको रकम आफ्नो निजी खातामा हालेका थिए ।

५ वर्षसम्म उनले कलेजबाट मासिक ६ लाख रुपैयाँ पारिश्रमिक, १ करोड ५० लाख रुपैयाँको गाडी लिनुका साथै विभिन्न शीर्षकमा हजारौं रुपैयाँ भत्ता लिने गरेका थिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button