प्रहार समाचार । काठमाडौँ, चैत २५ । एसएमएस फ्रेन्डसिप कपको फाइनलमा गुजरातविरुद्ध नेपालले सानदार जित हासिल गरेको छ । फाइनलमा नेपालले गुजरातलाई १८ रनले हराएको हो । योसँगै नेपालले उपाधि चुमेको छ । टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ७६ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको गुजरातले भने निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ५८ रनमात्र बनाउन सक्यो ।

यस्तै नेपालका बलर अभिनाष बोहराले गुजरातको तीन विकेट लिदाँ दीपेन्द्रसिंह ऐरीले पनि दुई विकेट लिए । कुशल मल्ल र करण केसीले पनि एक(एक विकेट लिए । नेपालका लागि कप्तान रोहित पौडेलले उत्कृष्ट अर्धशतकीय पाली खेले । उनले केवल ४७ बलमा ७४ रन बनाए । ओपनर ब्याट्सम्यान आसिफ शेखले पनि टोलीको खातामा ३४ बलमा ३४ रन थपे ।
अर्का ओपनर कुशल भुर्तेलले २१ बलमा १९ रन बनाए । दीपेन्द्रसिंह ऐरी तीन बलमा सात रन बनाउँदै पेभेलियन फर्किए । कुशल मल्लले पनि १३ बलमा अविजित ३१ बलमा रनको योगदान गरे । सन्दीप जोराले तीन बलमा अविजित सात रन बटुल्न सफल भए ।
























