१) आफु उच्च बन्न अरुलाइ तल झार्ने लाइ नभुल्नु,
धनको लोभमा सम्बन्ध ठहरै मार्ने लाइ नभुल्नु,
अरु सबै छोड्नुस मात्र यि दुइ कुरा याद गर्नुस् ,
शङ्कटमा पार्ने अनि त्यो शङ्कट टार्ने लाइ नभुल्नु।
२) तस्करहरुको बर्चस्व लुटेरा सहायक हुँदा हो देश उँभो नलागेको,
नायक ठानेका नेता नै हरामी नालायक हुँदा हो देश उँभो नलागेको,
देश आज टाट पल्टिनुमा तपाइं हामी पनि त्यत्तिकै दोषी छैनौं ? भन्नुस्,
मासु रक्सीमा बिक्ने ति जन्ता भोट प्रदायक हुंदा हो देश उँभो नलागेको ।
३) रोमियो जुलियट मुना मदनको गीत गाउनुपर्ने भो,
कस्को माया बेसी छ नाप्न प्रेमिल पारखी झिकाउनु पर्ने भो ।
कस्ले पढायो र पशु पंछि तर पनि आफ्नै प्रचलनमा छन,
मान्छे जस्तोलाइ बास्तबिक मान्छे बन्न सिकाउनु पर्ने भो ।
दानबिय बजारमा मानबिय को मुल्य मन्दि छ भनौं सुन्य नैं
उनैको भाउ सहि आफुलाइ अव बिकाउनु पर्ने भो
थिचेका छन् पिडाका छतहरुले बिचरा!मनको पिल्लर
सबै भार थाम्दा भत्किन्छ कि भन्दै नाता टिकाउनु पर्ने भो ।
बैंकमा कर्जा लिने तरिका जस्तो भो यार आज यो सम्बन्ध,
अपनत्व पाउँन पनि अव सम्पत्ति देखाउनु पर्ने भो ।
























