व्यासहेडलाईनसमाचारगण्डकी

एमालेले तनहुँका पाँचहजार कार्यकर्ता सुन्दरबजारमा उतार्ने

प्रहार समाचार । तनहुँ, मंसिर १९ मंगलबार ।  एमालेले लमजुङको सुन्दरबजारमा आगामी मंसिर २२ गते हुने जनसभामा तनहुँका पाँचहजार कार्यकर्ता उतार्ने दाबी गरेको छ ।

एमालेले गत मंसिर १४ गतेदेखी सुरु गरेको मध्यपाहाडी लोकमार्ग (पुष्पलाल लोकमार्ग)मा पर्ने बैतडीको झुलाघाटदेखी पाँचथरको चिवाभन्ज्याङ सम्मको संकल्प यात्रा अन्तर्गत सो लोकमार्गमा पर्ने लमजुङको सुन्दरबजारमा आगामी मंसिर २२ गते जनसभामा गर्न लागेको हो । उक्त जनसभामा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् ।

मंगलबार दमौलीमा पत्रकार सम्मेलन गर्दै एमालेले जनसभामा तनहुँबाट पाँच हजार कार्यकर्ता सहभागी हुने एमाले तनहुँका उपसचिव एवं प्रचार विभागका प्रमुख प्रदिपराज अधिकारीले जानकारी दिए ।

निर्धारित जनसहभागिता जुटाउन केन्द्रीय सदस्यदेखी प्रदेश कमिटि, जिल्ला कमिटि र पालिका कमिटिका सदस्यहरुलाई जिम्मेबारी तोकिएको एमाले तनहुँका उपसचिव एवं प्रचार विभागका प्रमुख प्रदिपराज अधिकारीले बताए । सो जनसभाम १० वटै स्थानीय तह कमिटिहरु परिचालन गर्ने निर्णय भएको एमाले तनहुँका उपाध्यक्ष हरिराज कंडेलले बताए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button