हेडलाईनसमाचारसुदुर पश्चिम

रुकुम पश्चिम हत्याकाण्डमा दोषी ठहर वडाध्यक्ष सहित २४ जनालाई जन्मकैद

प्रहार समाचार । रुकुम, मंसिर १९ मंगलबार । रुकुम पश्चिम हत्याकाण्डमा दोषी ठहर गर्दै वडाध्यक्ष सहित २४  जनालाई जन्मकैदको फैसला सुनाइएको छ ।

मंगलवार रुकुम जिल्ला अदालतले वडा अध्यक्ष डम्बरबहादुर मल्ल सहित  थुनामा रहेका २३  र बाहिरका एक गरी २४ जनालाई उक्त फैसला सुनाएको हो । वडाध्यक्ष मल्ल चौरजहारी नगरपालिका-८ का वडा अध्यक्ष हुन्।  अदालतले ८ जनालाई सफाइ दिएको सूचना अधिकारी गोविन्द कोइरालाले जानकारी दिए । न्यायाधीश खड्गबहादुर केसीको इजलासले यस्तो फैसला गरेको हो । 

सोती गाउँमा गैरदलित प्रेमिका भगाउन खोज्दा नवराज विकसहित ६ जनाको हत्या भएको थियो ।२०७७ जेठ १० गते जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक आफ्ना साथीहरू लिएर मल्ल थरकी प्रेमिका भगाउन रुकुमपश्चिमको सोतीगाउँ पुगेका थिए ।

त्यस क्रममा सोती गाउँका गैरदलित बासिन्दाले आक्रमण गरी नवराजसहित ६ जनाको हत्या गरेका थिए ।  घटनामा १२ जना घाइते भएका थिए ।

सोती गाउँ गएका नवराजसहित उनका साथीहरू सन्दीप विश्वकर्मा, टीकाराम सुनार, लोकेन्द्र सुनार, गणेश बुढा र गोविन्द शाहीको सामूहिक हत्या गरिएको थियो । 

अदालतले नवराजकी प्रेमिका र उनकी आमालाई जातीय छुवाछुतमा दुई वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ । 


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button