हेडलाईनव्याससमाचारगण्डकीस्वास्थ्य

लियो दिवसको अवसरमा ट्राफिक नियम तथा लागू पदार्थ दुर्व्यसनी सम्बन्धि सचेतना

प्रहार समाचार । तनहुँ, मंसिर १९ मंगलबार । ६६औं अन्तर्राष्ट्रिय लियो दिवसको अवसरमा ट्राफिक नियम तथा लागू पदार्थ दुर्व्यसनी सम्बन्धि सचेतना कार्यक्रम आज दमौलीमा सम्पन्न भएको छ।

व्यास-४ स्थित पराशर कलेजमा भएको उक्त कार्यक्रममा कलेजका एक सय भन्दा बढि बिद्यार्थीहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा व्यास नगरपालिकाका वडा न.४ का वडा सदस्य तथा लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ एल नेपालका AOG साथै लियो क्लब अफ तनहुँका पुर्व अध्यक्ष  सरोज भण्डारी, लियो क्लब अफ तनहुँका अध्यक्ष बसन्ति थापा,  लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ एल नेपालका रिजन कोर्डिनेटर  कृष्णहरि गैर्हे, पराशर कलेजका प्रमुख अमृत भण्डारी, जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक चन्द्र भण्डारी, जिल्ला ट्राफिक कार्यालयका प्रहरी नायब निरीक्षक सन्तोष पौडेल लगायतले पछिल्लो समयमा भविष्यका कर्णधार विद्याथीहरु नजानिदो तबरले लागूऔषध तथा दुरव्यसनमा फस्दै गरेको बताए ।

लागूऔषध तथा दुरव्यसनी बाट बच्न सर्वप्रथम घरपरिवारका अभिभावक हरुको महावपूर्ण भूमिका रहने वक्ताहरुको भनाई थियो । कार्यक्रमको सहजिकरण क्लबका सचिव मुकेश बिडारीले गरेका थिए।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button