विचारप्रदेश

राजनीति गर्नेले एक क्षणको श्रमदान गरेर देश बन्दैन

राजनीति गर्नेले एक क्षणको श्रमदान गरेर लोकप्रियता कमाउने चलन जब सम्म रहन्छ, तब सम्म यो देश बन्दैन । कुनै पनि विकसित मुलुकमा त्यहाँका दूरदर्शी नेताले सस्तो लोकप्रियता कमाउने काम गर्दैनन् । नेताले त यस्तो प्रणाली बनाउनुपर्छ ,जसले समस्या समाधानार्थ काम गरोस् । सस्तो लोकप्रियताका लागि श्रमदानको कोकोहोलो मच्चाउनु भनेको कम्युनिष्टहरूले वर्ग संघर्षको अन्त्य भने जस्तै हो। यो नारा लगाइरहँदा उनिहरुलाई यो पनि थाहा छ कि यदि वर्ग रहेन भने कम्युनिष्टहरु पनि रहदैनन् । त्यस्तै यो देशमा प्रणाली बन्यो भने  सस्तो लोकप्रियताको अन्त्य हुन्छ । हाम्रो समाजका नेताहरुकाे राजनैतिक शुरुआत र अन्त्य सस्तो लोकप्रियता र  स्टंटबाजीमा रुमलिएको छ ।

फेरि यो भनाइलाई लिएर गगन थापाको, रवि लामिछने को विरोध ग-यो भनेर नलिनु होला । गगन थापा, रवि लामिछाने जस्ता नेताहरुलाई संसदमा श्रमदान गर्न पठाएको होईन । आशा लाग्दा नेता पनि यस्तै स्टन्ट बाजीमा रमाउन थाले भने देश की प्रगति होईन द्रुगती भने अवस्य हुन्छ ।  किनभने यो कोहि व्यक्ति विशेषको लागि इङ्गित गर्ने कुरा भन्दा पनि सिङ्गो प्रणाली र सिङ्गो ब्यवस्थाको कुरा हो । गगन थापा त केवल एक प्रतिनिधि पात्र मात्रै हुन् । जसलाई संसदमा श्रमदान गर्न पठाएको होईन । अतः यस्तो प्रचारबाजीको पछि नलागेको राम्रो हो । जसको जे काम हो उसले त्यहि गर्ने हो भने धेरै हदसम्म समस्या सुल्झिने छन्।

आज सम्म पार्टीका भातृ संगठनमा विपद् व्यवस्थापन भन्ने प्रावधान नै छैन। पार्टीले इच्छा राख्यो भने केन्द्रमा एउटा उच्च संरचना बनाएर लाखौँ युवा परिचालन गर्न सक्छ । स्वयं नेता परिचालित हुनु आवश्यक नै हुँदैन । समाज आज दर्शन भन्दा प्रदर्शनको पछाडी दौडी रहेकाे छ।

एउटा दिगो इच्छाशक्तिले कार्यान्वयन गर्न समेत सहज हुने तरिकाबाट प्रणाली बनाएर त्यसलाई स्थायित्व कायम गर्न सक्नु नै नेतृत्व तहमा हुनेहरुको दायित्व हो ।
हुन त यो देशमा नेता बन्न खोज्नेहरुले गरीब र दलितको घरमा गएर भात  खायो भने त्यो पनि समाचार बन्छ । र जनमानसमा त्यो व्यक्ति प्रख्यात हुन्छ । हाइहाइ हुन्छ । उसैको गुणगान गाइन्छ । तर के त्यो खुसी हुने बिषय हो? वाहवाह गर्नुपर्ने विषय हो? पक्कै होइन । हामी खुसी तब हुन पर्छ जब त्यो गरीब र दलितले नेता बन्न खोज्नेको घरमा हरेक दिन पाक्ने जस्तो  खाना खान पाउँछन् । नेताले बसेको जस्तै घरमा बस्न पाउँछन् । नेताका छोराछोरी पढे सरहको विद्यालयमा आफ्ना छोराछोरी पढाउन पाउँछन् । गर्ब के मा गर्ने भन्ने कुरामा त ढुक्क हुनुहोस् । वाहवाही कै पछि कुद्नु पूर्व कम्तिमा यति त सोचौँ कि म यसको लायक छु कि छैन ?
देश त परिचालनको चपेटामा छ छ कम्तिमा तपाइँ त परिचालित हुने उही संस्कारबाट माथि उठ्नुस् ।
जय देश
जय स्वाभिमान ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button