प्रहार समाचार । तनहुँ, २४ असोज २०८३ शनिबार । नेपाली कांग्रेसभित्र संस्थापनइतर समूहले संगठनात्मक गतिविधिलाई अघि बढाउने क्रममा तनहुँको व्यास नगर पालिकाका नेता कृष्ण रुचाललाई सम्मेलन तयारी समितिको सदस्य र कृष्ण सोतीलाई व्यास नगरको संयोजकको जिम्मेवारी दिएको छ ।

कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले इतर समूहको सम्पर्क कार्यालयमा दुवै नेतालाई जिम्मेवारी प्रदान गरेका हुन् । रूचाल कांग्रेसको संस्थापन पक्षको अधिवेशनअन्तर्गत तनहुँ क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिमा प्रतिस्पर्धा गरेर पराजित भएका थिए । र

अधिवेशनको प्रतिस्पर्धापछि उनलाई दिइएको यो जिम्मेवारीलाई कांग्रेसभित्रको आन्तरिक राजनीतिक समीकरण र संगठनात्मक गतिविधिसँग जोडेर हेरिएको छ । रुचाललाई सम्मेलन तयारी समितिमा र सोतीलाई व्यास नगरको नेतृत्वदायी जिम्मेवारी दिनुले तनहुँमा संस्थापनइतर समूहको संगठन परिचालनलाई प्राथमिकता दिएको देखिन्छ । यद्यपि, आगामी सम्मेलनको तयारी, व्यास नगरमा संगठन विस्तार र समूहको भावी रणनीतिबारे भने थप विवरण सार्वजनिक भएको छैन ।






















