प्रहार समाचार । तनहुँ, २४ असोज असोज २०८३ शनिबार । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारस्थित पुलमुनि नदीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता भएका छ्न् ।

प्रहरीका अनुसार बेपत्ता हुनेमा पाँच वर्षीय विश्व प्रताप राणा रहेको प्रहीले जनाएको छ । दमौलीस्थित सेती र मादी नदीको सङ्गमस्थलभन्दा केही तल रहेको नदीमा शनिबार दिउँसो पौडी खेल्ने क्रममा राणा बेपत्ता भएको प्रहरीले जनाएको छ। बालक बेपत्ता भएपछि नेपाल प्रहरी र नेपाली सेनाको टोली खोजी कार्यमा परिचालन भएको छ। नदी किनार आसपासका क्षेत्रमा खोजी तीव्र पारिएको छ भने नेपाली सेनाको र्याफ्टिङ बोटसहितको टोलीसमेत खोजीमा खटिएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) द्वारिका प्रसाद घिमिरेका अनुसार बेपत्ता बालकको खोजी कार्य जारी छ। नदीमा बेपत्ता बालकको अवस्था अझै अज्ञात रहेको र सुरक्षाकर्मीले सम्भावित क्षेत्रमा खोजी केन्द्रित गरिरहेको प्रहरीले जनाएको छ।






















