हेडलाईनसमाचारबागमती

सुरक्षाकर्मी निजी कामदार होइनन्, दुरुपयोग गर्नेलाई कारबाही

प्रहार समाचार । काठमाडौं, २४ असोज २०८३ शनिबार । जनताको सुरक्षामा खटिनुपर्ने सुरक्षाकर्मीलाई घरायसी तथा व्यक्तिगत काममा लगाउनेमाथि सरकारले कारबाही गर्ने भएको छ ।

गृहमन्त्री सुदन गुरुङले यस्तो प्रवृत्ति अन्त्य गर्न दुवै प्रहरी ऐन संशोधनको प्रस्ताव अघि बढाइने बताएका छन् । गृह मन्त्रालयले पनि कार्यविधिविपरीत व्यक्तिगत काममा खटाइएका सुरक्षाकर्मीलाई सात दिनभित्र दरबन्दी रहेको कार्यालयमा फिर्ता पठाउन निर्देशन दिएको छ । ‘अति विशिष्ट तथा विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०८१’ विपरीत सुरक्षाकर्मीलाई घरायसी वा व्यक्तिगत काममा प्रयोग गरिएको गुनासोपछि मन्त्रालयले असोज २२ गते यस्तो निर्देशन दिएको हो ।

निर्देशनविपरीत सुरक्षाकर्मी खटाउने सम्बन्धित अधिकृत वा पदाधिकारीमाथि कारबाही गरिने मन्त्रालयले जनाएको छ ।नियमविपरीत सुरक्षाकर्मीलाई व्यक्तिगत काममा लगाइएको पाइएमा सुरक्षाकर्मी वा सर्वसाधारणले गृह मन्त्रालयको कल सेन्टर ९८५१३६०६०३ मा उजुरी दिन सक्नेछन् । उजुरीकर्ताको परिचय गोप्य राखिने मन्त्रालयले जनाएको छ ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button