हेडलाईनसमाचारबागमती

ओलीको नेतृत्वमा एमालेको संगठनात्मक कसरत तीव्र, मंसिर २६ मा वडा र पुस ४ मा पालिका अधिवेशन

प्रहार समाचार । काठमाडौं, २४ असोज २०८३ शनिबार । नेकपा एमालेले आगामी मंसिर २६ गते वडा र पुस ४ गते पालिका अधिवेशन गर्ने निर्णय गरेको छ। अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको स्थायी कमिटीको पहिलो बैठकले अधिवेशनको मिति तय गर्दै पार्टीको संगठनात्मक गतिविधिलाई अघि बढाउने निर्णय गरेको हो।

त्यस्तै, आगामी मंसिर पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने निर्णयसमेत गरिएको छ। प्रदेश कमिटीका पदाधिकारी, जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष तथा उपाध्यक्ष र सबै तहका जनप्रतिनिधि सहभागी हुनेछन्। वडा र पालिका अधिवेशनपछि प्रदेशस्तरीय भेला आयोजना गर्ने एमालेको तयारी छ।

संगठन पुनर्संरचना र नेतृत्व व्यवस्थापनमा एमालेको ध्यानबैठकले पार्टीको संगठनात्मक संरचना तथा नेतृत्व व्यवस्थापनसम्बन्धी निर्णयसमेत गरेको छ। २३ जिल्लाका हकमा जिल्ला तहकै निर्णयबाट अध्यक्ष तोकी संगठन कमिटीमा स्थानान्तरण गर्ने र अनुमोदनका लागि माथिल्लो कमिटीमा पठाउने निर्णय गरिएको छ। य



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button