हेडलाईनसमाचारबागमती

बाढीले भासिएको कृष्णभीरमा गुड्न थाले गाडी, १७ दिनपछि खुल्यो दुईतर्फी राजमार्ग

प्रहार समाचार । धादिङ, १ असोज २०८३ बिहीबार । राजधानी काठमाडौं जोड्ने पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभिरमा गएको पहिरोले कारण अवरुद्ध सडक आजबाट खुल्ला भएको छ ।

गत भदौ १० गते आएको बाढिकाकारण नदिको पानीले धादिङको कृष्णमा सडक नै भासिएपछि अवरुद्ध यस सडक खण्डमा आज विहानदेखि दुवैतर्फका गाडी गुड्न थालेका छन्। भीषण बाढी र पहिरोले सडकको ठूलो हिस्सा भासिएपछि अवरुद्ध बनेको यो खण्डमा मूल सडककै छेउबाट माथि नयाँ ट्र्याक खोलेर यातायात सञ्चालनमा ल्याइएको हो।


भासिएको सडकलाई तत्काल पुरानै अवस्थामा फर्काउन कठिन भएपछि सडक डिभिजन कार्यालय भरतपुर, निर्माण व्यवसायी, स्थानीय प्रशासन र प्राविधिक टोलीले वैकल्पिक बाटो निर्माणलाई प्राथमिकता दिएका थिए। निरन्तरको कामपछि नयाँ ट्र्याक खोल्नुका साथै आवश्यक स्तरोन्नति गरिएपछि सवारीसाधन सञ्चालनयोग्य बनाइएको हो।


राजधानी काठमाडौं जोड्ने प्रमुख मार्गका रूपमा रहेको पृथ्वीराजमार्गको कृष्णभीर खण्डमा दुईतर्फी आवागमन खुलेसँगै लामो समयदेखि प्रभावित यात्रु तथा मालवाहक सवारीसाधनलाई राहत पुगेको छ। बाढी–पहिरोले सडक संरचनामै गम्भीर क्षति पुर्‍याए पनि तत्कालीन विकल्पमार्फत राजमार्ग पुनः सञ्चालनमा ल्याइएको हो।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button