हेडलाईनसमाचारगण्डकीशुक्लागण्डकी

तनहुँको शुक्लागण्डकीमा चट्याङ लागेर एकको मृत्यू

प्रहार समाचार । तनहुँ, ३१ भदौ २०८३ बुधबार । तनहुँको शुक्लागण्डकी नगरपालिका–९ लामीसुहाँरामा घरभित्रै चट्याङ पर्दा ७३ वर्षीय हुमबहादुर सुस्लिङ मगरको मृत्यु भएको छ। बुधबार राति परेको चट्याङ लागेर आफ्नै घरको माथिल्लो तलामा रहेको सुत्ने कोठाको ढोकानजिकै उनी मृत अवस्थामा भेटिएका हुन्।

चट्याङ लागेर घरभित्रै वृद्धको मृत्यु भएपछि स्थानीय क्षेत्रमा त्रास फैलिएको छ।घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय बेलचौताराबाट प्रहरी निरीक्षक धननारायण श्रेष्ठको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थलको प्रारम्भिक अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया पूरा गरेको जनाएको छ।

मृतक मगरको शव परीक्षणका लागि प्रदेश अस्पताल, दमौली पठाइएको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button