हेडलाईनसमाचारगण्डकीशुक्लागण्डकी

करेन्ट लागेर ४५ वर्षीय गौतमको मृत्यु, छुट्याउन खोज्दा थप दुई जना घाइते

प्रहार समाचार । तनहुँ, ३१ भदौ २०८३ बुधबार । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडामा डेरा गरी बस्दै आएका ४५ वर्षीय खड्कबहादुर गौतमको करेन्ट लागेर मृत्यु भएको छ।

मंगलबार राति करिब ११ बजे आफ्नै डेरा कोठामा अचानक करेन्ट लागेर अचेत भएका गौतमलाई तत्काल उपचारका लागि जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र झरौटा लगिएको थियो। अस्पताल पुर्‍याइएका उनको राति ११ः२२ बजे चिकित्सकले मृत्यु घोषणा गरेका हुन्।गौतमकी श्रीमती ४१ वर्षीया पार्वती गौतमलाई समेत करेन्ट लागेको थियो। दाहिने हातको बूढी औँलामा चोट लागेकी उनलाई उपचारका लागि सोही अस्पताल लगिएकोमा थप उपचारका लागि राति १२ः५० बजे गण्डकी अस्पताल पोखरा रिफर गरिएको थियो।

हाल उनी उपचारपछि डिस्चार्ज भइसकेकी छन्। घटनापछि गौतमको शव कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि प्रदेश अस्पताल दमौली पठाइएको प्रहरीले जनाएको छ।घटनाको समयमा गौतमलाई करेन्टबाट छुट्याउने क्रममा शुक्लागण्डकी–४ दुलेगौडा निवासी ६५ वर्षीय डिलबहादुर सार्कीलाई समेत करेन्ट लागेको छ। उनलाई उपचारका लागि गण्डकी अस्पताल पोखरा लगिएको छ। ब्लकको गारो र जस्ताको छानो भएको एकतले कच्ची घरमा डेरा गरी बस्दै आएका गौतमलाई करेन्ट लाग्नुको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button