हेडलाईनसमाचारबागमती

कृष्णभीरमा अन्तिम चरणको काम तीव्र, असोज १ देखि दुईतर्फी यातायात खुल्ने

प्रहार समाचार । तनहुँ, ३१ भदौ २०८३ बुधबार । पृथ्वी राजमार्गअन्तर्गत पर्ने चर्चित कृष्णभीर सडकखण्डमा निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। करिब ९० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको र बाँकी कामसमेत छोटो समयमै पूरा गर्ने गरी निर्माणलाई तीव्रता दिइएको छ। निर्माण सम्पन्न भएपछि कृष्णभीरमा सवारी आवागमन सहज हुने अपेक्षा गरिएको छ।

कृष्णभीरमा निर्माण गरिएको २ सय ७० मिटर नवनिर्मित सडकखण्डमा कटिङ, ग्राभेलिङ तथा सब–सर्फेस ड्रेनेज निर्माणको काम सम्पन्न भएको छ। अब बाँकी रहेको सब–बेस निर्माणको काम भोलि बेलुकासम्म पूरा गर्ने लक्ष्यसहित काम अघि बढाइएको छ। सडक निर्माणका क्रममा रातिको समयमा समेत काम गर्नुपर्ने भएकाले फ्लड लाइटको व्यवस्था गरिएको छ।निर्माण कार्यलाई निर्धारित समयमै टुंग्याएर असोज १ गतेदेखि कृष्णभीरमा सबै प्रकारका सवारीसाधन दुईतर्फी रूपमा सञ्चालन गर्ने तयारी गरिएको छ ।

दुईतर्फी यातायात सञ्चालनमा आएपछि यस सडकखण्ड हुँदै आवतजावत गर्ने यात्रु तथा मालवाहक सवारीसाधनलाई हालको तुलनामा सहज हुने अपेक्षा गरिएको छ।कृष्णभीर पृथ्वी राजमार्गको व्यस्त तथा संवेदनशील सडकखण्डका रूपमा रहँदै आएको छ। सडक विस्तार तथा सुधारको काम सम्पन्न भएपछि यस क्षेत्रमा हुने आवागमन व्यवस्थापन थप सहज बन्नेछ। अहिले बाँकी निर्माण कार्यलाई तीव्रता दिँदै असोज १ गतेदेखि यातायातलाई दुईतर्फी सञ्चालन गर्ने लक्ष्य अघि सारिएको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button