हेडलाईनसमाचारगण्डकीविजनेसऋषिङ

तनहुँको ऋषिङमा आधुनिक मौरीघार उद्योग : स्थानीय सीपलाई उत्पादन र रोजगारीसँग जोड्दै गाउँपालिका

प्रहार समाचार । तनहुँ, ३१ भदौ २०८३ बुधबार । मौरीपालनलाई व्यावसायिक बनाउँदै स्थानीयस्तरमै आधुनिक मौरीघार उत्पादन गर्ने उद्देश्यले तनहुँको ऋषिङ गाउँपालिकामा घार उद्योग निर्माणका लागि आवश्यक मेशिनरी सामग्री उपलब्ध गराइएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पोखरा र ऋषिङ गाउँपालिकाको साझेदारीमा सञ्चालित नवप्रवर्तन साझेदारी कार्यक्रमअन्तर्गतको MAURI परियोजनामार्फत उक्त पहल अघि बढाइएको हो। पालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत अनिल अंगाई लगायतले परियोजनाअन्तर्गत ऋषिङ गाउँपालिका–४ मा रहेको केशर कृषि, पशुपन्छी तथा मौरीपालन फर्मका सञ्चालक केशर मल्ललाई गाउँपालिकाले आधुनिक मौरीघार निर्माणका लागि आवश्यक मेशिनरी सामग्री हस्तान्तरण गरेका थिए । ग

प्राप्त उपकरणको प्रयोगमार्फत फर्मले सेरेना मौरीका लागि आवश्यक आधुनिक घारहरू स्थानीयस्तरमै निर्माण गर्न थालेको छ।आधुनिक प्रविधिबाट घार निर्माण सुरु भएपछि मौरीपालकलाई आवश्यक घारका लागि बाहिरी बजारमा निर्भर रहनुपर्ने अवस्था कम हुनुका साथै स्थानीय स्रोत, सीप र प्रविधिको उपयोगबाट उद्यमशीलता प्रवर्द्धन हुने अपेक्षा गरिएको छ। परियोजनाले मौरीपालनलाई केवल परम्परागत कृषि गतिविधिका रूपमा सीमित नराखी उत्पादन, व्यवसाय र रोजगारीसँग जोड्ने प्रयास गरेको देखिन्छ।सेरेना मौरीपालनका लागि आधुनिक घार आवश्यक पर्ने मौरीपालक तथा व्यवसायीले केशर कृषि, पशुपन्छी तथा मौरीपालन फर्मका सञ्चालक केशर मल्ललाई ९८०६५६८२४७ मा सम्पर्क गर्न सक्नेछन्।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button