व्यासहेडलाईनसमाचारगण्डकी

तनहुँको शिव पाञ्चायन मन्दिर क्षेत्रमा झाडी बढेपछि प्रहरी एक्सन : स्थानीयको गुनासोपछि सफाइ

प्रहार समाचार । तनहुँ, ३० भदौ २०८३ मङ्गलबार । तनहुँको व्यास नगरपालिका–३ स्थित शिव पाञ्चायन मन्दिर आसपासको क्षेत्रमा झाडी बढेर सामाजिक मर्यादाविपरीतका गतिविधि हुनसक्ने भन्दै स्थानीयबाट गुनासो आएपछि तनहुँ प्रहरीले सरसफाइमा सक्रियता देखाएको छ।

जनगुनासो प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय तनहुँले प्रहरी टोली परिचालन गरी स्थानीय बासिन्दाको सहयोगमा मन्दिर क्षेत्र आसपासको झाडी सफा गरेको हो। मन्दिर क्षेत्रको झाडी बाक्लिँदै गएपछि असामाजिक तथा सामाजिक मर्यादाविपरीतका गतिविधि हुनसक्ने भन्दै स्थानीयले प्रहरीसमक्ष जानकारी गराएका थिए। गुनासोलाई बेवास्ता नगरी प्रहरीले तत्काल टोली खटाएर सम्भावित जोखिम कम गर्ने उद्देश्यले सरसफाइ अभियान सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

प्रहरी टोलीले स्थानीय बासिन्दासँग समन्वय गरी मन्दिर आसपासको क्षेत्रमा बढेको झाडी हटाएको हो। झाडी सफा गरेपछि क्षेत्र खुला र व्यवस्थित बनेको तथा स्थानीयमा समेत सुरक्षाको अनुभूति बढेको प्रहरीले जनाएको छ।सार्वजनिक तथा धार्मिकस्थलमा झाडी बढेर सुरक्षा चुनौती निम्तिन नदिन मंदिर संरक्षण समिति, स्थानीय समुदायको पनि सक्रिय भूमिका आवश्यक देखिएको छ। प्रहरीले पनि यस्ता स्थानमा शंकास्पद वा सामाजिक मर्यादाविपरीतका गतिविधि हुनसक्ने अवस्था देखिए तत्काल प्रहरीलाई जानकारी गराउन आग्रह गरेको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button