हेडलाईनव्याससमाचारगण्डकी

टिम नेपो तनहुँको नेतृत्वमा आले, युवामैत्री अभियानलाई प्राथमिकता

प्रहार समाचार । तनहुँ, २० भदौ २०८३ शनिबार । युवाको नेतृत्व विकास र सामाजिक सेवामार्फत समुदायमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्यसहित टिम नेपो तनहुँको नयाँ कार्यसमिति चयन भएको छ। मनिषा आलेको नेतृत्वमा गठित नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले आठौँ पदस्थापना तथा दीक्षान्त कार्यक्रममा शपथ ग्रहण गर्दै युवाको क्षमता विकास, सामाजिक सेवा र समुदायमुखी अभियानलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता जनाएका छन्।

कार्यक्रममा टिम नेपो गण्डकी प्रदेशका संयोजक सुजन लौडारीले नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई शपथ ग्रहण गराउँदै नेतृत्व तथा संस्थागत विकाससम्बन्धी प्रशिक्षण दिएका थिए। उनले प्रभावकारी नेतृत्वका लागि सकारात्मक सोच, जिम्मेवारीबोध, टिमवर्क, सञ्चार सीप र सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख गर्दै संस्थाको उद्देश्यलाई व्यवहारमा उतार्न नेतृत्वले सबै सदस्यलाई समेटेर अघि बढ्नुपर्नेमा जोड दिए।

कार्यक्रममा संस्थाका पूर्वअध्यक्षहरू वर्षा सारु, गोविन्द तिमल्सिना र मिन कुँवरलगायतले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिँदै आगामी दिनमा सामाजिक सेवा तथा युवामैत्री कार्यक्रमलाई थप प्रभावकारी बनाउन सुझाव दिए। आठौँ पदस्थापना तथा दीक्षान्तलाई नयाँ नेतृत्वले संस्थागत गतिविधिलाई थप गतिशील बनाउने अवसरका रूपमा लिएको छ। नयाँ कार्यसमितिले युवाको क्षमता र नेतृत्व विकाससँगै सामाजिक सेवाका क्षेत्रमा विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गर्दै समुदायमा सकारात्मक प्रभाव पार्ने जनाएको छ। कार्यक्रमको सहजीकरण सचिव सन्तोष ओझाले गरेका थिए।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button