शिक्षाहेडलाईनव्याससमाचारगण्डकी

तनहुँको निर्मल मा. वि. का शिक्षकहरू प्रविधि मैत्री शिक्षणमा अब्बल बन्दै

प्रहार समाचार । तनहुँ, २० भदौ २०८३ शनिबार । कक्षाकोठामा चक–डस्टरको परम्परागत शैलीलाई प्रविधिसँग जोड्दै तनहुँको निर्मल माध्यमिक विद्यालय, भादगाउँका शिक्षकहरू डिजिटल प्रविधिमैत्री शिक्षणतर्फ अब्बल बन्दै गएका छन्।

शिक्षकहरूलाई स्मार्ट बोर्ड, डिजिटल सामग्री तथा कृत्रिम बौद्धिकता (एआई) प्रयोगमा दक्ष बनाउने उद्देश्यले आयोजित ‘डिजिटल प्रविधिमैत्री शिक्षण तथा स्मार्ट बोर्डको प्रभावकारी प्रयोग एवं विभिन्न एआई टुलसम्बन्धी’ तालिम आज श सम्पन्न भएको छ। तालिममा शिक्षकहरूले प्रविधिलाई केवल सूचना खोज्ने माध्यमका रूपमा नभई कक्षाकोठाको सिकाइलाई थप रोचक, सिर्जनात्मक र प्रभावकारी बनाउने साधनका रूपमा प्रयोग गर्ने व्यावहारिक सीप हासिल गरेका छन्।

व्यास नगरपालिका–१ का वडा अध्यक्ष रमेशचन्द्र हड्खले, व्यास नपाका शिक्षा अधिकृत नवीन पराजुली, सहायक प्रधानाध्यापक शिवलाल पन्थ, विद्यालय व्यवस्थापन समिति सदस्य हरि खनाल लगायतले समय सापेक्ष शिक्षकहरू प्रविधिमैत्री बन्दै जानु पर्नेमा जोड दिए । तालिममा विवेक भट्टराई, विद्या न्यौपाने, कृष्णबहादुर भण्डारी, राजीव श्रेष्ठ, दीपक पन्थलगायत प्रशिक्षकले सहजीकरण गरेका थिए। तालिममा शिक्षकहरूलाई स्मार्ट बोर्डको प्रभावकारी सञ्चालनसँगै डिजिटल प्रविधिको प्रयोगबाट पाठ्यवस्तुलाई विद्यार्थीले सहज रूपमा बुझ्ने र अनुभव गर्ने वातावरण कसरी तयार गर्ने भन्ने विषयमा प्रयोगात्मक अभ्यास गराइएको थियो।

त्यस्तै, एआईका विभिन्न टुल प्रयोग गरी पाठयोजना निर्माण, शिक्षण सामग्री तयारी तथा कक्षाकोठामा नयाँ प्रविधिको प्रयोग गर्ने तरिकाबारे समेत सहजीकरण गरिएको थियो। सहभागी शिक्षकहरूले प्रविधिको सही प्रयोगले शिक्षण सिकाइलाई समयसापेक्ष र विद्यार्थीमैत्री बनाउन महत्वपूर्ण सहयोग पुग्ने निष्कर्ष निकालेका छन्। विद्यालयका प्रधानाध्यापक विमल सिग्देलले अ विद्यालयले तालिमलाई शिक्षकको क्षमता अभिवृद्धिसँगै आधुनिक र प्रविधिमैत्री शिक्षण प्रणाली विकास गर्ने महत्वपूर्ण प्रयासका रूपमा लिएको जनाए । क कार्यक्रको सहजिकरण संयोजक लीला पन्थले गरेका थिए।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button