हेडलाईनसमाचारगण्डकी

भोटेकोशी बाढीपछि तनहुँका २४ जना अझै सम्पर्कविहीन

प्रहार समाचार । तनहुँ, १९ भदौ २०८३ शुक्रबार । भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीपछि तनहुँ जिल्लामा स्थायी बसोबास गर्ने ३३ जना सम्पर्कविहीन भएको जानकारी प्रहरीमा पुगेकोमा ९ जना सम्पर्कमा आएका छन्। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार भदौ १९ गते साँझ ६ः३० बजेसम्म ९ जना सम्पर्कमा आएसँगै अझै २४ जना सम्पर्कमा नरहेको अवस्था छ। तस्विर : एआई

बाढीपछि आफन्त तथा परिवारजनसँग सम्पर्क हुन नसकेका तनहुँका ३३ जनाको विवरण जिल्ला प्रहरी कार्यालयमा जानकारी गराइएको थियो। खोजी तथा सम्पर्क स्थापित गर्ने प्रयासका क्रममा हालसम्म ९ जना परिवारको सम्पर्कमा आएको प्रहरीले जनाएको छ। तर बाँकी २४ जनाको अवस्थाबारे अझै यकिन हुन नसक्दा उनीहरूका परिवार तथा आफन्त चिन्तित छन्।भोटेकोशी बाढीले विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी छ।

सम्पर्कविहीन रहेका तनहुँका नागरिकको अवस्थाबारे थप जानकारी संकलन तथा खोजी कार्यलाई तीव्रता दिन आवश्यक देखिएको छ। प्रहरीले समेत सम्पर्कविहीन व्यक्तिबारे कुनै सूचना प्राप्त भए तत्काल सम्बन्धित प्रहरी कार्यालयमा जानकारी गराउन आग्रह गरेको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button