समाचार

रसुवामा बाढीको वितण्डा : १२ जनाको उद्धार, १२ हेलिकोप्टर उद्धारमा खटिए

प्रहार समाचार ‘ रसुवा, १० भदौ २०८३ बुधबार । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि रसुवाको तटीय क्षेत्रमा फसेका नागरिकको उद्धार कार्य तीव्र पारिएको छ । नेपाली सेनाका अनुसार बाढी प्रभावित विभिन्न स्थानबाट हालसम्म १२ जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।नेपाली सेनाका अनुसार स्याफ्रुबेँसीबाट ६ जना, मैलुङबाट २ जना र धुन्चेबाट ४ जनाको उद्धार गरिएको हो ।

बाढीका कारण जोखिममा परेका नागरिकलाई सुरक्षित स्थानमा ल्याउने कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको सेनाले जनाएको छ ।उद्धार कार्यका लागि नेपाली सेनाका चारवटा र निजी कम्पनीका आठवटा गरी १२ वटा हेलिकोप्टर परिचालन गरिएको छ । जोखिमयुक्त भूगोल र प्रभावित क्षेत्रमा सडक तथा स्थलमार्गबाट तत्काल उद्धार गर्न कठिनाइ भइरहेका बेला हवाई उद्धारलाई तीव्र बनाइएको हो ।

यसैबीच नेपाली सेनाको मेडिकल टिमले त्रिशूलीस्थित नं. १ सैन्य तालिम केन्द्रमा आकस्मिक उपचार सेवा सञ्चालन गरिरहेको छ । बाढीबाट प्रभावित तथा उद्धार गरिएका नागरिकलाई आवश्यक प्राथमिक उपचार उपलब्ध गराउँदै उद्धार र राहत कार्यलाई समन्वयात्मक रूपमा अघि बढाइएको नेपाली सेनाले जनाएको छ ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button