हेडलाईनव्याससमाचारगण्डकी

व्यास नगरपालिकामा ‘नतिजामुखी प्रशासन’को कडाइ : नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीच कार्यसम्पादन सम्झौता

प्रहार समाचार । तनहुँ, १० भदौ २०८३ बुधबार । व्यास नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ मा नगरका योजना तथा कार्यक्रमलाई कागजी प्रतिबद्धतामा सीमित नराखी परिणाममा केन्द्रित गर्ने गरी कार्यसम्पादन सम्झौता अघि बढाएको छ। नगर प्रमुख वैकुण्ठ न्यौपाने र प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालबीच कार्यसम्पादन सम्झौता भएको हो।

सम्झौताले नगरपालिकाको प्रशासनिक कामलाई थप व्यवस्थित, पारदर्शी र जवाफदेही बनाउँदै नागरिकले पाउने सेवा छिटो, सहज र प्रभावकारी बनाउने लक्ष्य लिएको छ। चालु आर्थिक वर्षमा सञ्चालन हुने योजना तथा कार्यक्रमलाई निर्धारित समयमै अघि बढाउने र तोकिएका लक्ष्य हासिल गर्ने विषयलाई सम्झौतामा प्राथमिकता दिइएको छ।

नगरपालिकाका योजना कार्यान्वयन, प्रशासनिक सुधार र सेवा प्रवाहमा देखिने ढिलासुस्ती तथा कमजोरी न्यूनीकरण गर्दै कामको स्पष्ट परिणाम देखाउने उद्देश्यले सम्झौता गरिएको जनाइएको छ। यसबाट कर्मचारीको कार्यसम्पादनलाई जिम्मेवारी र उपलब्धिसँग जोड्ने अपेक्षा गरिएको छ।कार्यसम्पादन सम्झौतामार्फत नगर नेतृत्वले ‘योजना बनाउने मात्र होइन, परिणाम दिने’ नीतिलाई जोड दिएको छ। सम्झौतामा उल्लेखित लक्ष्य र जिम्मेवारीअनुसार कामलाई समयमै सम्पन्न गरी नागरिकलाई प्रभावकारी सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाइएको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button