हेडलाईनसमाचारबागमती

आज साउनको तेस्रो सोमबार पशुपतिनाथमा भक्तजनको भिड : बिहानैदेखि दर्शनका लागि लामो लाइन

प्रहार समाचार । काठमाडौं , १८ साउन २०८३ सोमबार । महिनाको तेस्रो सोमबार आज आराध्यदेव भगवान पशुपतिनाथको मन्दिरमा दर्शन तथा पूजा–आराधना गर्ने श्रद्धालु भक्तजनको उल्लेख्य भीड लागेको छ। बिहान सबेरैदेखि देशका विभिन्न जिल्लासहित काठमाडौं उपत्यकाबाट पुगेका भक्तजनले लामो लाइनमा बसेर भगवान पशुपतिनाथको दर्शन गर्दै विशेष पूजा–अर्चना गरेका छन्। तस्बिरहरू : प्रहार अनलाईन मिडिया

साउन महिनाका सोमबार भगवान शिवको आराधनाका लागि विशेष महत्व राख्ने भएकाले मन्दिर परिसरमा बिहानैदेखि भक्तजनको चहलपहल बढेको थियो। श्रद्धालुहरूले जल, दूध, बेलपत्र, धतुरो तथा अन्य पूजासामग्री अर्पण गर्दै परिवारको सुख, शान्ति, समृद्धि र दीर्घायुको कामना गरेका थिए।

दर्शनार्थीको अत्यधिक चापलाई व्यवस्थापन गर्न मन्दिर प्रशासन तथा सुरक्षा निकायले आवश्यक सुरक्षा र भीड व्यवस्थापनका विशेष प्रबन्ध मिलाएको थियो। भक्तजनलाई सहज रूपमा दर्शन गराउन विभिन्न स्थानमा लाइन व्यवस्थापन, सुरक्षा निगरानी तथा स्वयंसेवक परिचालन गरिएको थियो।साउन महिनाको प्रत्येक सो 1 1 1मबार पशुपतिनाथ मन्दिरमा विशेष धार्मिक आस्था झल्किने गरे पनि तेस्रो सोमबार श्रद्धालुको उपस्थिति अझ उल्लेख्य देखिएको छ। बिहानदेखि साँझसम्म दर्शनार्थीको आवागमन निरन्तर जारी रहने अपेक्षा गरिएको छ भने मन्दिर क्षेत्र भक्तिमय वातावरणले भरिएको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button