हेडलाईनसमाचारअन्तर्राष्ट्रिय समाचारखेलकुद

साविक विजेता अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३–१ गोलले हराउँदै सेमिफाइनलमा प्रवेश

प्रहार समाचार । काठमाडौं, २८ असार २०८३ आइतबार । साविक विजेता अर्जेन्टिनाले अतिरिक्त समयमा आक्रामक प्रदर्शन गर्दै स्विट्जरल्यान्डलाई ३–१ गोलले पराजित गरी फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। क्यान्सस सिटी स्टेडियममा आज बिहान भएको प्रतिस्पर्धात्मक खेलमा निर्धारित ९० मिनेट १–१ को बराबरीमा सकिएपछि अर्जेन्टिनाले अतिरिक्त समयमा दुई गोल थप्दै अन्तिम चारको यात्रा तय गरेको हो।

अर्जेन्टिनाले खेलको १०औँ मिनेटमै एलेक्सिस म्याक एलिस्टरको गोलबाट अग्रता लिएको थियो। तर ६७औँ मिनेटमा स्विट्जरल्यान्डका डान एन्डोयले बराबरी गोल फर्काएपछि खेल थप रोमाञ्चक बनेको थियो। त्यसपछि दुवै टोलीले लगातार अवसर सिर्जना गरे पनि निर्धारित समयमा नतिजा ननिस्किएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। स्विट्जरल्यान्डका ब्रेल एम्बोलोले ७२औँ मिनेटमा दोहोरो पहेँलो कार्डका कारण रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भएको थियो।

संख्यात्मक रूपमा कमजोर बनेको स्विट्जरल्यान्डमाथि दबाब बढाएको अर्जेन्टिनाका लागि जुलियन अल्भारेजले ११२औँ मिनेटमा निर्णायक गोल गर्दै पुनः अग्रता दिलाए। त्यसपछि इन्जुरी समयको अन्तिम क्षणमा लौटारो मार्टिनेजले अर्को आकर्षक गोल थप्दै अर्जेन्टिनाको जित सुनिश्चित गरे।यो जितसँगै अर्जेन्टिनाले उपाधि रक्षा अभियानलाई निरन्तरता दिएको छ। अब सेमिफाइनलमा उसको भेट इङ्ल्यान्डसँग हुनेछ। इङ्ल्यान्डले यसअघि शनिबार राति सम्पन्न क्वार्टरफाइनलमा नर्वेलाई २–१ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button